समाचार « Khabarhub

जनमत पार्टीका अध्यक्ष डा. राउतले गरे मतदान

राजविराज– जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउतले सप्तरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को  महदेवा गाउँपालिका–२ स्थित देवनारायण आमला आधारभुत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।  उन यस क्षेत्रबाट दोश्रो पटक प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन्। डा राउत यसअघि २०७९ सालको आमनिर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।