समाचार « Khabarhub

इटहरीमा जेन-जीको प्रदर्शन : उपमहानगर अगाडिको भवन तोडफोड 

इटहरी– इटहरी उपमहानगरपालिका अगाडि प्रर्दशन गरिरहेका जेन-जीलाई प्रहरीले दमन गरेपछि जेन-जी उग्र बनेका छन् ।  उग्र बनेको जेन-जीले इटहरी उपमहानगरपालिका कार्यालय अगाडि भएको सहकारी भवन तोडफोड गरेका छन् ।  जेन-जीले बिहान ११ बजे देखिनै इटहरीको मुख्य चोक घेरेर प्रर्दशन गरेका थिए । त्यसपछि भने जेन जी उपमहानगरपालिका कार्यालय अगाडि गएर प्रर्दशन गरेका हुन् ।