समाचार « Khabarhub

कोप-२९ मा नेपालले उठाउने सवाल के के हुन् ?

काठमाडौं - गत साउन ३२ गते दिउँसो, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक लेदोसहितको बाढी आयो। स्थानीयले एक्कासी बाढी आउला भन्ने सोचेकै थिएनन्। हेर्दाहेर्दै क्षणभरको बाढीले थामे गाउँ बगरमा परिणत भयो। त्यो घटना सपना झैँ लाग्ने बताउँछन् खुम्बु पासाङल्हामु गाउँपालिकाकी अध्यक्ष टासी ल्हामु शेर्पा, “हामी जलवायुजन्य जोखिमको चपेटामा छौँ। अझै कुन दिन हिमपहिरोको सिकार हुनुपर्ने…