समाचार Archives | Page 1810 of 8279 | Khabarhub Khabarhub

जाजरकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु

काठमाडौं – जाजरकोटको भूकम्प प्रभावित क्षेत्र नलगाड नगरपालिका–१० मा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ। भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि खर काट्न जाँदा आज दिउँसो भीरबाट लडेर स्थानीय सुरेन्द्र थापाकी श्रीमती रमिता भण्डारीको ज्यान गएको हो। उनी जनएकता प्राथमिक विद्यालयको शिक्षिका हुन्।