समाचार « Khabarhub

पार्टीबाट निकाल्दैमा भ्रष्टाचार विरुद्धको लडाई रोकिँदैन : भीम रावल

काठमाडौं– नेकपा एमालेका पूर्वनेता भीम रावलले एमालेले पार्टीबाट निकाल्दैमा आफ्नो भ्रष्टाचार, अन्याय र अत्याचार विरुद्धको लडाई कमजोर नहुने बताएका छन् । राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपा नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको चियापन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै रावलले तानाशाही ढंगले एमाले नेतृत्वले आफूलाई निष्कासन गरेको भन्दै एमालेले निकाल्दैमा आफ्नो भ्रष्टाचार, अन्याय अत्याचारविरुद्ध र देशभक्तिको झण्डामाथि उठाउने…