समाचार « Khabarhub

आयुर्वेद चिकित्सालयमा सेवा विस्तार

नुवाकोट– नुवाकोटको विदुर नगरपालिका–५ पिपलटारस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले २५ शय्याको अन्तरङ्ग सेवा (अस्पताल) सञ्चालनमा आएको छ । स्थापनाको करिब तीन दशकसम्म बहिरङ्ग (ओपीडी) सेवा दिँदै आएको चिकित्सालयले बागमती प्रदेश सरकारको सहयोगमा आइतबारदेखि सुरु गरेको २५ शय्याको अस्पतालको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले शुभारम्भ गरे । चिकित्सालयमा अस्पतालको सेवा शुभारम्भको क्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री…