Live on
Your Voice, Your Power
डोटी – डोटीको सेती नदीमा बगेर एक जनाको मृत्यु भएको छ । सेती नदीमा नुहाउने क्रममा दिपायल सिलगढी नगरपालिका–२ का ३७ वर्षीय तेजबहादुर खड्काको मृत्यु भएको हो । नदीमा बगेका खड्काको शव झन्डै एक किलोमिटर तल घोल्तडामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार खड्का आइतबार दिउँसो नुहाउन साथीसँग गएका थिए ।