Live on
Your Voice, Your Power
नुवाकोट– नुवाकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बेलकोटगढी नगरपालिका-५ केउरेनी बस्ने २४ वर्षीय प्रदिप राईको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। आफ्नै कुखुराको फर्ममा कुखुरालाई दानापानी दिने क्रममा बिजुलीको तारबाट करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए। उनको अम्बेभरोसा अस्पताल गल्छी धादिङमा उपचारको क्रममा मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ।…