Live on
Your Voice, Your Power
काठमाडाैँ- यस वर्षको मिस नेपालको उपाधि श्रीच्छा प्रधानले जितेकी छिन् । ललितपुरको गोदावारीमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा उनी नयाँ मिस नेपाल चुनिएकी हुन् । २३ जना प्रतियोगीलाई पछि पार्दै श्रीच्छाले मिस नेपालको ताज पहिरिन सफल भइन् । उनलाई यसअघिकी मिस नेपाल प्रियंकारानी जोशीले मिस नेपालको ताज पहिराएकी हुन् ।