समाचार « Khabarhub

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं- कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो । लोहनी चर्चित नेपाली चलचित्र माइतीघरका नायक हुन् । उनी पार्किन्सन,अल्जाइमर्स र नियोनियाबाट ग्रसित थिए । ८६ वर्षका लोहनीको उपचारकै क्रममा सोमबार निधन भएको हो। उनी भारतीय नायिका माला सिन्हाका श्रीमान् हुन् ।