समाचार « Khabarhub

नेमकिपाको गढ भक्तपुर-१ मा घन्टीले ८८८ मत ल्याउँदा मादलको ७५

काठमाडौँ- भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रुकेश रन्जितले ठुलो अन्तरले अग्रता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार रन्जितले ८८८ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई निकै पछि पारेका हुन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार किरण न्यौपानेले पछ्याइरहेका छन्। न्यौपानेले हालसम्म २३५ मत प्राप्त गरेका छन्।…