समाचार « Khabarhub

अमेरिका पुर्‍याइएको बुद्ध मूर्ति बज्रधातु विहारमा पुनःस्थापना

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नं. २३ जोरगणेश ओम बहाल टोलको न्हुछे बहा (बज्रधातु विहार)बाट चोरी भएको पुरातात्विक तथा धार्मिक महत्व बोकेको प्रस्तर बुद्ध मूर्ति आफ्नै आसनमा फर्काइएको छ ।  संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित टिवेट हाउस कलेक्सनमा पुगेको यो मूर्ति वि. सं. २०७८ साल फागुन १८ गते नेपाल फिर्ता ल्याइएको थियो । पुरातत्व विभाग, नेपाली सम्पदा…