समाचार « Khabarhub

स्वास्थ्य विभागद्वारा खार्पुनाथलाई स्वास्थ्य सामग्री सहयोग

सिमकोट– हुम्लाको खार्पुनाथ गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । स्वास्थ्य विभागले १५ लाख ६५ हजार ९६ बराबरको स्वास्थ्य सामग्री स्वास्थ्य सेवा कार्यालय हुम्लामार्फत खार्पुनाथ गाउँपालिकालाई हस्तान्तरण गरेको हो । जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपक भण्डारीले  भिडियो एक्सरे, स्वाव परीक्षण मेसिन, प्रिन्ट मेसिनलगायतका सामग्री स्वास्थ्य सो गाउँपालिकाका शाखा प्रमुख बलिराज भण्डारीलाई हस्तान्तरण गरे ।…