समाचार Archives | Page 4339 of 8547 | Khabarhub Khabarhub

प्रचण्डको दशैँ : आफ्नो निधार खाली, छोरी, बुहारी र नातिनालाई लगाइदिए टीका

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशैँको टिका लगाएका छैनन्। खुमलटारस्थित प्रचण्ड निवासमा उनले छोरी, बुहारी र नाति नातिनाहरुलाई विजया दशमीको टीका लगाइए पनि आफूले नलगाएका हुन् । छोरी गंगा दाहालले सार्वजनिक गरेको तस्वीरमा प्रचण्डको निधारमा टीका छैन । प्रचण्डपत्नी सीता दाहाल बिरामी भएका कारण तस्वीरमा देखिएकी छैनन् ।