समाचार « Khabarhub

नेत्रविक्रम चन्दले गरे मतदान

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले मतदान गरेका छन् । चन्दले रोल्पाको परिवर्तन गाउँपालिका ३ थुनिकोटमा रहेको श्री बाल शिक्षा माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा उनले मतदान गरेका हुन् । चन्दले तत्कालीन माओवादीबाट विभाजित भएपछि ०६४ सालपछिका निर्वाचन बहिस्कार गर्दै आएका थिए ।