समाचार « Khabarhub

अवरुद्ध पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा

चन्द्रपुर- पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा शनिबार दिउँसोदेखि अवरुद्ध भएको सडक खुलेको छ ।  शुक्रबार चन्द्रनिगाहपुर–गौर सडकखण्डअन्तर्गत मोथियाही पुल नजिक भएको सवारी दुर्घटनाका मृतकका आफन्तले शनिबार चन्द्रनिगाहपुरमा आएर राजमार्ग अवरुद्ध गरेका थिए । शुक्रबार गौरबाट चन्द्रनिगाहपुरतिर आउँदै गरेको ना४ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना३९प ४२४० नम्बरको मोटरसाइकल ठोक्किँदा वृन्दावन नगरपालिका–२ विश्रामपुरका ४०…