समाचार « Khabarhub

नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर नगर्न आग्रह

काठमाडौं– सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर नगर्न आग्रह गरेका छन् ।  सोमबार प्रतिनिधिसभा बैठकको  आकस्मिक समयमा बोल्दै उनले यो प्रकरणलाई विषयान्तर गर्नु भनेको भ्रष्टाचारलाई सघाउनुसरह भएको बताए ।   सांसद सापकोटाले भ्रष्टाचारका अन्य फाइलहरू खोल्न सरकारलाई आग्रहसमेत गरेका छन्।