Live on
Your Voice, Your Power
बागलुङ - जिल्लाको ढोरपाटन नगरपालिका-७ बोबाङमा भुजीखोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । शनिबार साँझ भुजीखोलामा साथीसँग खेल्न भनी गएका ढोरपाटन-७ धाराबोटका दिलबहादुर विकका पाँच वर्षीय छोरा जीवन बेपत्ता भएका हुन् । उनी साथीसँग खेल्ने क्रममा भुजीखोलामा रहेको साँघुबाट खसेका स्थानीयवासीले बताएका छन् । नमूना बाल विकास धारकोटमा अध्यननरत विक दिउँसो खेल्दाखेल्दै खोलामा पुगेका…