समाचार « Khabarhub

मङ्कीपक्स बढेको भन्दै डब्लूएचएनद्वारा जनस्वास्थ्य आपत्‌काल घोषणा

काठमाडौँ- विश्व स्वास्थ्य सञ्जाल (डब्लूएचएन) ले मङ्कीपक्स विश्वव्यापी स्वास्थ्य प्रकोप बनेको भन्दै जनस्वास्थ्य आपत्काल घोषणा गरेको छ । कोभिड–१९ को जोखिमविरुद्ध गठन गरिएको स्वास्थ्य वैज्ञानिकहरूको गठबन्धन डब्लूएचएनले मङ्कीपक्सको प्रकोपलाई विश्वव्यापी चिन्ताको विषय भएको बताउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का प्रमुखले ३२ देशमा मङ्कीपक्सका जीवाणु फैलिएका कारण अन्तर्राष्ट्रिय…