Live on
Your Voice, Your Power
काठमाडौँ- बेलायती सेनाका नेपाली क्याप्टेन विवेकजंग शाह रानी एलिजावेथबाट 'क्विन वर्थ डे अनर' पदकसहित सम्मानित भएका छन् । बेलायतमा रहेर विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यक्षमता प्रदर्शन गरेवापत सो पदकबाट सम्मानित गरिएको हो । क्विन्स गोर्खा लजिष्टिक रेजिमेन्टमा कार्यरत शाहलगायत सूचीमा रहेका सबैलाई बेलायती रक्षा सचिव बेन वालेन्सले बधाईं समेत दिएका छन् ।