समाचार « Khabarhub

खोटाङमा स्ववियु निर्वाचनको नमुना मतदान

खोटाङ– एमाले निकट अनेरास्ववियु खोटाङले स्ववियु निर्वाचनको नमुना मतदान गरेको छ । लामो समयदेखि हुन नसकेको स्ववियुको निर्वाचनका विषयमा विद्यार्थीको मत सर्वेक्षणका लागि अनेरास्ववियुले दिक्तेल बहुमुखी क्याम्पसमा सोमबार नमुना मतदान गरेको हो । नमूना मतदानमा २७८ मत खस्दा २१८ मत स्ववियु निर्वाचनको पक्षमा खसेको छ । यस्तै, स्ववियु निर्वाचनको विपक्षमा ४७ मत खसेको छ ।…