Live on
Your Voice, Your Power
काठमाडौँ– खोटाङको हलेसीमा एक जना मृत अवस्थामा भेटिएका छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित सिन्धुलीगढी होटलमा काम गर्दै आएका दमक नगरपालिका–१ का ४४ वर्षीय विनोदप्रसाद निरौला मृत फेला परेका हुन् । निरौला कोठामै मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।