समाचार Archives | Page 6925 of 8301 | Khabarhub Khabarhub

प्रधानमन्त्रीले लगाए राष्ट्रपतिबाट टीका

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट दशैँको टीका लगाएका छन्। प्रधानमन्त्री ओली टीका लगाउन सोमबार शीतल निवास पुगेका थिए। उनलाई राष्ट्रपति भण्डारीले टीका र जमराको माला लगाइदिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।