समाचार « Khabarhub

नेकपाले आयोगमा बुझायो घोषणापत्र

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाले आफ्नो चुनावी घोषणापत्र निर्वाचन आयोगलाई पेश गरेको छ ।  संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिबद्धता पत्र आयोगलाई पेश गरेको हो ।   प्रतिबद्धता पत्र प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी समक्ष पेश गरिएको पार्टीले जनाएको छ ।