Live on
Your Voice, Your Power
काठमाडौँ– संसद विघटनविरुद्धको मुद्दा सुनुवाइ संवैधानिक इजलासमा जारी रहँदा न्यायाधीशहरुले दलहरुले गरिरहेका गतिविधिबाट अदालत प्रभावित हुन नदिने बताएका छन् । बुधबारको सुनुवाइमा रिट निवेदकले उठाएको प्रश्नमा न्यायाधीश अनिलकुमार सिन्हाले संसद विघटनका विषयमा बाहिरको कुराले आफूहरु प्रभावित नहुने बताएका हुन् । बहसका क्रममा अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीको अभिव्यक्ति शक्तिपृथकीकरणको सिद्धान्तविपरीत भन्दै त्यसले अदालतको कार्यक्षेत्रलाई हस्तक्षेप गरिरहेको…