समाचार « Khabarhub

काठमाडौँ उपत्यकामा हावहुरीसहित वर्षा

काठमाडौँ– बिहीवार दिउँसो काठमाडौं उपत्यका लगायत आसपासका विभिन्न जिल्लाहरुमा हावाहुरिसहित वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायुको प्रभावले वर्षा भएको हो । महाशाखाले आज देशका पहाडी भू-भागका थोरै स्थानमा र तराईका एक–दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन र चट्याङ्ग तथा हावाहुरी सहित बर्षाको सम्भावना रहेको जनाएको थियो ।