समाचार « Khabarhub

रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न नेकपा (दाहाल-नेपाल समूह)को माग

काठमाडौँ— नेकपाको दाहाल–नेपाल समूहले नेतृ रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ । राज्यविरुद्धको कसुरमा प्रहरीले बिहीबार झाँक्रीलाई पक्राउ गरेलगत्तै विज्ञप्ति जारी गर्दै दाहाल–नेपाल समूहले निसर्त उनको रिहाइको माग गरेको हो । 'हाम्रो पार्टीका केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई आज गरिएको गिरफ्तारीबाट हाम्रो पार्टी आश्चर्यचकित भएको छ,' प्रवक्ता नारायणकाजी श्रेष्ठले…