समाचार « Khabarhub

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार नगर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ संक्रमितहरुको उपचारमा खटेका चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि दुर्व्यवहार नगर्न आग्रह गरेको छ । काठमाडौँ, चितवनलगायत देशका विभिन्न जिल्लाहरुमा कोभिड–१९ संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुमाथि छिमेकी तथा टोलबासीहरुबाट भएको धम्की तथा अमानवीय व्यवहारका घटनाहरुप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ । आयोगले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भएको बन्दाबन्दी तथा काठमाडौँ…