समाचार « Khabarhub

स्थायी कमिटी बैठकअघि राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। प्रधानमन्त्री ओली पार्टीको स्थायी कमिटीको बैठक सुरू हुनुअघि राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए। राष्ट्रपति कार्यालयले राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शीतल निवास पुगेको जानकारी दिए पनि भेटवार्ता के विषयमा केन्द्रित थियो भन्ने विषय खुलाएको छैन । राष्ट्रपतिलाई भेटेर प्रधानमन्त्री बालुवाटार फर्केपछि…