समाचार « Khabarhub

कञ्चनपुरमा चाडपर्वमा वन सुरक्षा गर्न द्रुत प्रतिकार्य टोली परिचालन

कञ्चनपुर– चाडपर्वका अवसरमा वन क्षेत्रमा बढ्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न कञ्चनपुरको कुण्डा सब–डिभिजन वन कार्यालयअन्तर्गत द्रुत प्रतिकार्य टोली गठन गरी परिचालन गरिएको छ । वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार टोली गठनको मुख्य उद्देश्य वन्यजन्तुको उद्धार, वन्यजन्तुको अवैध चोरी–सिकारी नियन्त्रण, वन क्षेत्रको नियमित गस्ती, वन पैदावार चोरी निकासी रोकथाम र वन संरक्षणलाई प्रभावकारी बनाउनु रहेको…