समाचार « Khabarhub

पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ- आज बिहानको अविरल वर्षापछि खसेको पहिराले मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । जिल्लाको काठेखोला गाउँपालिका–५ इनारपानी र गलकोट नगरपालिका–९ बाँसखोलामा पहिरो खसेपछि लोकमार्ग अवरुद्ध भएको हो । आज बिहानदेखि पहिराले लोकमार्गमा सवारी आवातजावत ठप्प छ । पश्चिम बुर्तिबाङ, खरबाङ, गलकोटलगायतका ठाउँबाट छोटो तथा लामो दूरीमा चल्ने सवारी साधन बीचमै रोकिएका छन्…