Live on
Your Voice, Your Power
कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली नदीमा नुहाउने क्रममा डुबेर एक युवक वेपत्ता भएका छन् । प्रहरीका अनुसार, महाकाली नगरपालिका वडा नम्बर १० का १८ वर्षीय प्रिन्स सुनार बिहिबार नुहाउने क्रममा नदीमा डुबेर वेपत्ता भएका हुन्। प्रहरीले अहिले वेपत्ता भएका युवकको खोजी भइरहेको जनाएको छ ।