समाचार « Khabarhub

इरानी तेल ट्याङ्कर नछाड्न अमेरिकाले गरेको आग्रह जिब्राल्टारद्वारा अस्वीकार

एजेन्सी– सिरियाका लागि तेल ओसारिरहेको आशङ्कामा गत महिनामा पक्राउ गरिएको एक इरानी तेल ट्याङ्कर नछाड्न अमेरिकाले गरेको आग्रहलाई जिब्राल्टारले अस्वीकार गरेको छ । ग्रेस वान पानीजहाजलाई छाड्ने निर्णय भएको एक दिनपछि शुक्रबार अन्तिम समयमा अमेरिकाले त्यस्तो आग्रह गरेको थियो । अमेरिकी अनुरोध नकार्दै इरानी तेल ट्याङ्करलाई रिहा गर्ने जिब्राल्टरले निर्णय गरेको बीबीसीले जनाएको छ ।…