समाचार « Khabarhub

पानीको सतह बढेपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिए

नवलपरासी- नारायणी नदीमा पानीको सतह बढेपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन्। नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजको सबै ३६ वटै ढोका खोलिएको गण्डक ब्यारेजका भूआर्जन अधिकारी तारा सिहंले बताए । नदीमा पानी वहावले खतराको सूचक पार गरेपछि सबै ढोका खोलिएको सिहंले बताए । नदीको वहाव ३ लाख क्यूसेक नाघेपछि खतरा मानिन्छ।…