समाचार « Khabarhub

ओमानबाट १६६ नेपाली काठमाडौं आइपुगे

काठमाडौं- कोरोना भाइरसको महामारीका कारण ओमानमा अलपत्र परेका १६६ नेपालीको उद्दार गरिएको छ । सलाम एयरको चार्टर विमानमार्फत उनीहरु आज काठमाडौं आइपुगेका हुन्। उनीहरुसँगै एउटा शव समेत ल्याइएको छ। ओमानबाट सलाम एयरमार्फत आएका यात्रुहरुले ११५ ओमानी रियाल अर्थात् ३६ हजार नेपाली रुपैयाँ तिरेका छन्। उनीहरु सरकारले तोकेकोभन्दा सस्तो भाडादरमा स्वदेश फर्किएका हुन्।