समाचार « Khabarhub

मन्दिरको छतले किचेर पाँथचरमा २ जनाको मृत्यु

फिदिम– पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारीस्थित निर्माणाधीन मन्दिरको छतले किचेर दुई जनाको ज्यान गएको छ । सोमबार बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको पूरै छत खसेर किच्दा स्थानीय जगतबहादुर राई र रुद्र राईको च्यापिएर मृत्यु भएको हो । घटनास्थल पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा शव बाहिर निकाल्ने प्रयत्न गरिरहेको छ…