राजनीति « Khabarhub

मुसीकोटमा माओवादी र नेकपा एसबीच तालमेल

रुकुम पश्चिम– रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र  र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएको छ । मओवादी केन्द्रका तर्फबाट मुसिकोट नगरपालिकाकाे मेयरमा वसन्त शर्मा र नेकपा एसको तर्फबाट उपमेयरमा विमलकुमार पुनले मनोनयन दर्ता गरेका छन् । यसअघिकाे निर्वाचनमा यहाँ माओवादीले जितेको थियो । कांग्रेससँग समीकरण नगरेर नेकपा एससँग समीकरण भएपछि राजनीतिक गठजाेड फेरिएकाे छ ।