राजनीति « Khabarhub

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छिन् । उनले आज मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रियसभाको बैठक असार १७ गते अपराह्न ४ बजेका लागि बोलाइएको छ । राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा १ बमोजिम राष्ट्रियभाको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यस्तो छ पत्र