Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुको एकीकरणप्रति असन्तुष्टि जनाउँदै आएका विद्यार्थीले आज नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरेका छन् । आफूहरुलाई अन्यायपूर्णरुपमा एकता प्रक्रियाबाट बनेको केन्द्रीय कमिटीमा समावेश नगरिएको भन्दै पूर्वअनेरास्ववियू (क्रान्तिकारी)का पदाधिकारीले दाहाललाई भेट गरेका हुन् । भेटमा अध्यक्ष दाहालले एकताप्रति गुनासो आइरहेकाले सम्बोधन गर्ने बताउनुभएको क्रान्तिकारीका सचिव डिवी साउदले जानकारी दिए…