राजनीति « Khabarhub

कोशीमा शपथ लिँदै मुख्यमन्त्री कार्की, एमाले र माओवादीबाट एक-एकजना मन्त्री

विराटनगर- कोशी प्रदेश सरकारमा नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिँदैछन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ दिलाउँदैछन् । उनको शपथपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट एक-एक जना मन्त्री नियुक्त गरिँदैछ । एमालेबाट रामबहादुर मगर  र माओवादीबाट गणेश उप्रेती मन्त्री हुन लागेका हुन् । एमालेबाट मन्त्री बन्न लागेका…