राजनीति « Khabarhub

मधेश प्रदेशसभा : माओवादीका २ जनाले लिए शपथ

काठमाडौं– नेकपा माओवादी केन्द्रका दुईजना मधेश प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभा सचिवालयमा बुधबार भएको समारोहमा सभामुख रामचन्द्र मण्डलले रजि हैदर र रुबी कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।  उनीहरु समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।