Live on
Your Voice, Your Power
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई-दुई पटक भेट गरी भारतीय विदेश सचिव विनय मोहन क्वात्रा स्वदेश फर्केका छन्। परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल–भारत सचिवस्तरीय बैठकमा सहभागी हुन आएका सचिव क्वात्राले प्रधानमन्त्री प्रचण्डसँग दुई पटक भेट गरेका हुन्। पहिलो पटक १ फागुनमा औपचारिक भेट गरेका क्वात्राले भोलिपल्ट साँझ बालुवाटारमा अनौपचारिक भेट गरेका थिए।…