फुटबल « Khabarhub

महिला विश्वकपको फाइनल आज, उपाधिका लागि इंग्ल्याण्ड र स्पेन भिड्ने

काठमाडौँ– फिफा महिला विश्व कप फुटबलको फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा आज उपाधिका लागि इंग्ल्याण्ड र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समयअनुसार अपराह्न पौने ४ बजे अष्ट्रेलियाको सिड्नीमा हुनेछ ।  सेमिफाइनलमा इंग्ल्याण्डले आयोजक अस्ट्रेलियालाई हराएको थियो भने स्पेनले स्वीडेनलाई पराजित गरेको थियो । यो महिला विश्व कपमा नयाँ टोली च्याम्पियन बन्दैछ ।…