Live on
Your Voice, Your Power
काठमाडौँ- जर्मन बुंडेसलिगामा मुन्छेनग्लाडबाख विजयी भएको छ । शनिबार राति भएको खेलमा बोरुसिया डर्टमुन्डलाई मुन्छेनग्लाडबाखले १-० ले हराएको हो । मुन्छेनग्लाडबाखको जितमा डेनिस जाकारियाले ३७औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितसँगै मुन्छेनग्लाडबाख ७ अंकसहित ११औँ स्थानमा छ । हारसँगै डर्टमुन्ड ६ खेलमा १२ अंकसहित चौथो स्थानमा छ ।