फुटबल « Khabarhub

एफए कपको चौथो चरणको तालिका सार्वजनिक, म्यानचेस्टर र लिभरपुल भिड्ने

एजेन्सी- एफए कप फुटबलको चौंथो चरणको खेल तालिका सार्वजनिक भएको छ । इंग्ल्यान्ड फुटबल एसोसियसन (एफए) ले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार म्यानचेस्टर युनाईटेड र लिभरपुल चौथो चरणमै आमनेसामने हुने भएका छन् । साविक विजेता आर्सनलले साउथह्याम्पटन र श्रुसबरीबीचको विजेतासँग खेल्नेछ । म्यानचेस्टर सिटीले चौंथो चरणमा चेल्टनहम टाउनसँग खेल्दा स्वान्सी सिटीले नटिङघम फोरेस्टसँग खेल्नेछ ।…