Live on
Your Voice, Your Power
दाङ- दाङ देउखुरीका एक व्यक्तिको होम आइसोलेसनमै मृत्यु भएको छ । लमही नगरपालिका–५ का ४३ वर्षीय कोरोना संक्रमित पुरूषको आज बिहान घरमै मृत्यु भएको लमही नगरपालिकाका स्वास्थ्य संयोजक लोकराज पौडेले बताए । काठमाडौंबाट जण्डिसको उपचारपछि एक साताअघि घर फर्किएका उनमा कोरोना परीक्षण गर्दा श्रीमान–श्रीमती दुवैमा संक्रमण पुष्टि भएको थियो ।