देश/प्रदेश Archives | Page 1352 of 2025 | Khabarhub Khabarhub

हरियो साडीमा सजिएर राष्ट्रपतिले गरिन् वृक्षारोपण

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेकी छन् । शनिबार दिवसको अवसरमा हरियो साडीमा सजिएर उनले वृक्षारोपण गरेकी हुन् । राष्ट्रपति भण्डारीले शीतल निवास परिसरभित्र सुरक्षा व्यवस्थासहित वृक्षारोपण गरेकी छन् । राष्ट्रपति भवन परिसरमा कर्मचारीसहित वृक्षारोपण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।