देश/प्रदेश Archives | Page 1366 of 2024 | Khabarhub Khabarhub

बालिकामाथि यौन हिंसाको अभियोगमा कैलालीमा गुम्बा संरक्षक पक्राउ

काठमाडौँ– बालिकामाथि यौन हिंसा गरेको आरोपमा प्रहरीले कैलालीबाट एक गुम्बा संरक्षकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बालिकामाथि गलत क्रियाकलाप हुने गरेको भन्ने सूचनाका आधारमा गोदावरी नगरपालिका वनखेतस्थित अहिंसावादी विश्व शान्ति धर्म चक्र बौद्ध गुम्बाका संरक्षकलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतीक विष्टका अनुसार अहिले उनीमाथि अनुसन्धान भइरहेको छ ।