देश/प्रदेश Archives | Page 1465 of 1931 | Khabarhub Khabarhub

कर्मचारीमा कोरोना देखिएपछि वैदेशिक रोजगार विभागका सबै सेवा बन्द

काठमाडौँ- वैदेशिक रोजगार विभाग ताहाचलमा कार्यरत एक कर्मचारीमा कोरोनासंक्रमण देखिएपछि श्रम स्वीकृति दिने काम बन्द गरिएको छ। कार्यालयमा कार्यरत एक कर्मचारीमा संक्रमण पुष्टि भएको र अन्यमा पनि लक्षण देखिएपछि सेवा बन्द गरिएको विभागले जनाएको छ। निषेधाज्ञा खोलेसँगै ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको थियो।