देश/प्रदेश Archives | Page 851 of 1941 | Khabarhub Khabarhub

डेङ्गुका कारण मृत्यु हुनेको संख्या ४१ पुग्यो

काठमाडौँ - डेङ्गुका कारण ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मंगलबारसम्म डेङ्गुका कारण ४१ जनाको ज्यान गएको छ । डेङ्गुका संक्रमितको संख्या भने ३१ हजार नाघेको छ । पानी परिरहेकाले डेङ्गु अझै फैलिन सक्ने जोखिम रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।